०९ असार २०८३, मंगलबार

जीना हेस्पल बनिन् सीआईए प्रमुख, यो पदमा पुग्ने पहिलो महिला

जीना हेस्पल बनिन् सीआईए प्रमुख, यो पदमा पुग्ने पहिलो महिला

काठमाडौं, ४ जेठ – अमेरिकाको जासूसी संस्था सीआईएको निर्देशक जीना हेस्पललाई बनाइएको छ । यो सर्वोच्च पदमा पुग्ने उनी पहिलो महिला हुन् ।

अमेरिकी सिनेटमा उनको पक्षमा ५४ तथा विपक्षमा ४५ मत परेको थियो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेर हेस्पल सीआईएको निर्देशक बनेकोमा बधाई दिए । हेस्पलमाथि विपक्षी र मानवअधिकारवादी संस्थाहरूले सन् २००२ मा सेप्टेम्बर ११ का आरोपितहरूलाई सोधपुछका बेलामा यातना दिएको आरोप लगाएका छन् । 

हेस्पल अमेरिकाको जासूसी संस्थामा विगत तीन दशकदेखि काम गरिरहेकी छन् । उनले अफ्रिका, युरोप तथा संसारका अन्य देशमा सेवा दिइन् । उनी गोप्य कारवाही विभागको उपप्रमुख पनि रहिन् । 

यसअघिका सीआईए प्रमुद माइक पम्पिओलाई अमेरिकाको परराष्ट्रमन्त्री बनाइएको छ । 

जीना हेस्पलले आतंकवादविरुद्ध कारवाही चलाएको भन्दै सम्मानित भइसकेकी छन् । 

सीआईए निर्देशक हुनुअघि उनी केस अफिसर, स्टेसन चीफ, राष्ट्रिय गोप्य सेवाकी उपनिर्देशक अनि सीआइएकी उपनिर्देशक थिइन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्