१४ असार २०८३, आइतबार

प्रजिअ र एसपीकै अगाडि माइक खोसेर भाषण गर्दै मोस्ट वान्टेड, फरार !

कात्तिक २०, २०७४
प्रजिअ र एसपीकै अगाडि माइक खोसेर भाषण गर्दै मोस्ट वान्टेड, फरार !


कपिलबस्तु, मङ्सिर २८- प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त नसिमअहमद खाँले जिल्लाका सुरक्षा अधिकारीसँग मञ्चमा एक घण्टा बिताए । प्रजिअ र एसपीले त्यसको चालै पाएनन् । केही दिनअघि हाजिर भएका दुवैले भेउ नपाएका हुन् । कार्यक्रम चलिरहेका बेला कुनै सहभागीले खाँलाई पक्राउ पर्न सक्ने भन्दै एसएमएस पठाए । त्यसपछि उनी माइक खोसेर आफूलाई बचाउन भाषण गरेर त्यहाँबाट कुलेलम ठोके, कान्तिपुरले खबर छापेको छ ।crime



जिल्लाको सिमानास्थित पिपरा गाविसलाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा यस्तो भएको हो । कार्यक्रममा प्रजिअ विष्णुप्रसाद ढकाल, एसपी भोजजंग शाह, सशस्त्रका एसपी सुदेशकुमार गुरुङ, सभासद अतहर कमाल र पूर्वमन्त्री दानबहादुर चौधरी लगायत सहभागी थिए ।

अदालतले जेल सजाय र जरिवाना तोकेका खाँ पनि कार्यक्रममा आए । एमालेका तर्फबाट अतिथि आसन ग्रहण गरे । माला लगाएर रमाए । उनले एमालेका तर्फबाट आसन ग्रहण गर्दा सभासद कमाल र पूर्वमन्त्री चौधरी अचम्ममा परेका थिए । कार्यक्रममा सदरमुकामबाट गएका दलका नेता र गाविसका प्रतिनिधिसमेत थिए ।

कार्यक्रमको जलपान समिति संयोजक रहेका खाँले सबैका अघि माइक खोस्दा तनाव भयो । तीन दिनअघि आएका प्रजिअ र एसपी अलमलमा परे । खाँ भने दौडदै सीमापारि भारत पुगे । गाडी चढेर एकैछिनमा फरार भए । खाँमाथि थुप्रै अभियोग छन् ।

salt training

कमेन्ट गर्नुहोस्