०१ असार २०८३, सोमबार

पाकिस्तानसँग छ भारतभन्दा बढी आणविक हतियार

पाकिस्तानसँग छ भारतभन्दा बढी आणविक हतियार

काठमाडौं, ५ असार – स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तानसँग भारतभन्दा बढी आणविक हतियार रहेको देखिएको छ । उता चीनसँग भने भारतको भन्दा दुईगुणा बढी हतियार छ ।

भारतीय सुरक्षा विशेषज्ञहरू भारतको आणविक हतियार प्रतिरोधक क्षमता बढी रहेको दाबी गर्छन् । निगरानी क्षमता र प्रत्याक्रमण गर्ने मामिलामा पनि भारतकै आणविक हतियार उम्दा रहेको उनीहरूको भनाइ छ । भारतले यसको
आधुनिकीकरणको काम पनि गरिरहेको छ ।

रिपोर्टअनुसार, पाकिस्तानसँग कुल १४० देखि १५० आणविजक हतियार छन् भने चीनसँग २८० यस्ता हतियार छन् । भारतसँग चाहिँ १३० देखि १४० आणविक हतियार छन् । 

आणविक हतियार धेर हुने देशमा पहिलो रुस अनि दोस्रो अमेरिका हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्