२३ जेठ २०८३, शनिबार

यो देशका मानिस गोहीमाथि सुत्छन् !

यो देशका मानिस गोहीमाथि सुत्छन् !

काठमाडौं, ५ असार – अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक गाउँ बजूलेमा सयभन्दा बढी गोही छन् । 

गोही संसारका सबभन्दा खतरनाक जीवमध्ये एक मानिन्छ । तर बजूले गाउँमा गोहीलाई पूजनीय मानिन्छ । मानिसहरू गोहीसँग घन्टौं बस्छन् र उसमाथि सुत्छन् पनि । 

एक गाउँले पियेर काबोरले बताएअनुसार, उनीहरू सानो हुँदादेखि नै गोहीसँग बस्छन् र पानीमा उनीहरूसँग तैरिन्छन् । ‘हामी सबै गोहीमाथि बस्छौं र साहस हुनेले उनीहरूमाथि सुत्ने पनि गर्छन् । यसमा कुनै समस्या छैन । यी पवित्र गोही हुन् । कसैलाई केही गर्दैनन्,’ उनले भने । 

स्थानीयहरूका अनुसार, गोहीहरूसँगको मानिसको यो सम्बन्ध १५औं शताब्दीदेखि चलिरहेको छ । त्यतिखेर यो गाउँ भयंकर सुक्खाग्रस्त थियो तर गोहीले एक महिलालाई तलाउसम्म पु–यायो र सबै गाउँलेका लागि पानीको संकट सुल्झायो । त्यसपछि गाउँलेहरूले गोहीलाई धन्यवाद दिनका लागि समारोह पनि आयोजना गरेका थिए । 

अहिले पनि यो समारोह आयोजना भइरहेको छ र गाउँलेहरूले केही न केही त्याग गर्छन् र जनावरहरूसँग आफ्नो समृद्धि, सुस्वास्थ्य र राम्रो फसलको कामना गर्छन् । 

गोहीहरूलाई त्यहाँ पूर्वजहरूको आत्मा मानिन्छ र कुनै गोही मरेपछि मान्छेलाई जस्तै गाडिन्छ । गाउँलेहरूका अनुसार, गाउँमा कुनै नराम्रो घटना हुन लागेमा ती गोहीहरू रुन थाल्छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्