०९ असार २०८३, मंगलबार

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो, कारण छ यस्तो

असार ५, २०७५
काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो, कारण छ यस्तो

नयाँदिल्ली, ५ असार - भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । 

आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ । 

आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ । 

नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आज त्यहाँ हिंसात्मक घटना र आतङ्कवादीहरू बढीरहेकै छन्, त्यसतर्फ केही काम हुन सकेन ।” 

नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्