२५ जेठ २०८३, सोमबार
लोकान्तर स्टूडियोमा खेलविज्ञ

थोरै लगानी बढाउँदा पनि नेपाली खेलकुद माथि उठ्नसक्छ : खेलविज्ञ लामिछाने

असार ६, २०७५

काठमाडौं, ६ असार – नेपाली खेलकुदले अपेक्षित उचाइ हासिल गर्न नसक्नुमा लगानी अभाव नै मुख्य कारण रहेको खेलविज्ञ अचुतम लामिछानेले बताएका छन् । खेल क्षेत्रले देशको नाम र शान बढाउने भए पनि यसमा राज्यको लगानी कम भएको उनको भनाइ छ ।


‘नेपालमा खेल क्षेत्रलाई छुट्टाइएको बजेट विभिन्न कार्यक्रममा प्रयोग हुन्छ, खेलाडी उत्पादनमा खर्च हुने बजेट निकै न्यून छ,’ लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै उनले भने ।
खेलक्षेत्रमा देखिएको राजनीति र गाउँगाउँमा खेलाडी उत्पादनका लागि कुनै पहल नहुनु पनि दुःखद् भएको उनको भनाइ छ ।


‘खेलकुदका लागि अहिलेसम्म ट्रेण्डमा जे छ, त्यसकै पछि लाग्ने चलन छ । तर खेलाडीको उचाइ, तौल र शारिरीक बनावटको अवस्था हेरेर कुन खेलमा क्षमता प्रर्दशन गर्नसक्छ भन्ने अध्ययन नगरी खेलाडीलाई खेल क्षेत्रमा प्रवेश गराइएको छ,’ उनले भने, ‘खेलाडीको रुचि, शारिरीक बनावट आदिलाई आधार मानेर प्राथामिक लेभलदेखि नै अगाडि ल्याउन सकियो भने खेल क्षेत्रमा प्रगति हासिल गर्न सकिन्छ ।’
राज्यले खेलकुदमा लगानी बढाउँदै पाठ्यक्रममा पनि त्यसलाई समावेश गर्नुपर्ने उनको भनाइ छ ।


हेर्नुहोस्, कुराकानी भिडियोमा :
 

salt training

कमेन्ट गर्नुहोस्