०७ असार २०८३, आइतबार

दुर्लभ पंक्षी संकटमा, नयाँ देखिए

कात्तिक २०, २०७४
दुर्लभ पंक्षी संकटमा, नयाँ देखिए
बेनी (म्याग्दी), फागुन-२। संरक्षणको अभावमा म्याग्दीका दुर्लभ पंक्षी सङ्कटमा पर्दै गएका छन्। जिल्ला वन कार्यालयलगायतका सरोकारवाला निकायले चोरी सिकारी तथा वन फँडानीमा ध्यान नदिँदा वासस्थानको अभावका कारण दुर्लभ पक्षी सङ्कटमा पर्दै गएका हुन्।

जिल्लाका कुँहू, मालिका, घोडेपानी, बरङ्जा, ताकम, धारापानी, रुम, ओखरबोटलगायतका गाउँका जङ्गलमा पाइने सुनगिद्ध, मुनाल, कालिज, चीरकालिज, हाडे गिद्ध, हिमाली गिद्ध, तित्रोलगायतका पक्षी लोप हुने अवस्थामा पुगेका वन संरक्षण अभियानमा लागेका जिल्ला वन कार्यालय म्याग्दीका वनरक्षक बालकृष्ण सुवेदीले बताए।

स्थानीयले चेतनाको अभावमा दुर्लभ पक्षी मार्ने गरेका र सिनोमा विष मिसाएर वा गुलेली र ढुङ्गाले हानेर पनि पक्षी मार्ने गरेका छन् सुवेदीले बताए।

गिद्ध, चिरकालिज, तित्रोलगायतका पक्षीको संरक्षणका लागि जनचेतना अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुवेदीको भनाइ रहेको छ।

दुर्लभ पक्षी सङ्कटमा पर्दै जान थालेको अवस्थामा नयाँ प्रजातिका चरा भने जिल्लाका जङ्गलमा भित्रिएका छन्। मानसरोवर र साइवेरिया क्षेत्रमा पाइने कर्‍याकुरुङ,  र हाँसलगायतका पक्षी म्याग्दीका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन्।
Jalewa_birds
जुनेलो उत्पादन घट्यो
विश्वमा जलवायु परिवर्तनका कारण नकारात्मक प्रभाव पारिरहेको बेला नेपालमा पनि असर देखिन थालेको छ।
म्याग्दीका किसानले लगाउने गरेको जुनेलोखेतीमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको किसानले बताएका छन् ।

पानीको अभाव हुनु र प्रतिकूल मौसमले जुनेलो उत्पादन हुन छाडेकाले किसानले विगतको तुलनामा जुनेलोखेती लगाउने क्षेत्रमा कटौती गरेका बगरफाँटका टेकबहादुर कार्कीले बताए।

जुनेलोखेतीका लागि अनुकूल वातावरण नभएपछि बारीका डिल र कुनामा वर्षौेंदेखि जुनेलोखेती गरिँदै आएको जुनेलो उत्पादन हुन छाडेको किसानले बताएका छन्।

बीउ नउम्ररिने, उम्रिए पनि बोटमा किरा लाग्ने तथा फल नै नलाग्ने गर्दा धेरै क्षेत्रमा जुनेलोखेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ ।

जुनेलोखेती अनुकूल वातावरणको अभावमा विस्थापित जिल्ला कृषि विकास कार्यालय म्याग्दीका कृषि प्राविधिक श्यामराज क्षेत्रीले बताए।

धार्मिक कार्यमा प्रसादका रूपमा प्रयोग हुने जुनेलोखेतीबाट किसानले हात झिक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ। रासस

salt training

कमेन्ट गर्नुहोस्