
थाइल्याण्डमा पानीले भरिएको गुफामा फसेका बाँकी आठ बालबालिका र फूटबल कोचलाई निकाल्नका लागि उद्धारकर्मी तयार छन् ।
यस गुफामा कुल १२ बालक आफ्ना एक कोचसहित फसेका थिए । जसमध्ये सोमबार चार बालकलाई सुरक्षित निकालिएको छ । राहत तथा बचाउ कार्यमा प्रयोग भइरहेको एयर ट्यांक बदल्नकालागि यो अभियान रातभर रोकिएको छ ।
गुफामा बढेको पानीलाई मध्यनजर गर्दै चाडो भन्दा चाडो सबै बालकहरुलाई बाहिर निकाल्ने प्रयास जारी छ । यो गुफामा असार ९ गतेदेखि उनीहरु फसेका हुन् ।
चियांग रायका गभर्नर नारोगसक ओसोटानकोर्नले आइतवार भने 'सवै एयर ट्यांक तथा राहत वचाव सिस्टम पुग्ने वाला छन् । ताकि सोमबार विहान राहत तथा वचाउका लागि मिशन पूरा गर्न सकियोस् ।'
बाँकी रहेका बच्चालाइ पनि निकाल्ने तयारी भइरहेको छ । गोताखोरले बच्चालाई अधेरोमा पानीबाट कसरी निकाल्ने भन्ने सिकाइरहेका छन् ।
उद्धारकर्मीलाई राहत हुने कुरा के हो भने पानी पर्न छोडेको छ र पहिलो चरणको अभियान पनि युद्ध स्तरमा भएको थियो ।
कसरी निकालियो बालहरुलाई ?
यस अभियानलाई थाइल्याण्डका ४० र विदेशी ५० गोताखोरले सफल बनाएका हुन् । जुन निकै चुनौतीपूर्ण थियो ।
उनीहरु त्यहाँसम्म डोरीको सहारमा पानीमा पौडदै र डोरीमा चढ्दै पुगको थिए । गोताखोरको अनुहार पूर्णरुपमा ढाकिएको थियो ।
उनीहरु ति बच्चालाई निकाल्न पुगेका थिए जसलाई थाहा थिएनकि गुफाको पानीबाट कसरी निस्कन सकिन्छ ।
हरेक एक बालककालागि दुई गोताखोर थिए। उनीहरुले गोताखोरको सहायतामा हावा पास गरे । गोताखोरका लागि गुफाको आधा बाटो पुग्न निकै चुनौतीपूर्ण थियो ।
हावा भरिएको ट्यांक लैजान निकै समस्या थियो । उनीहरुले चेम्बर थ्री नामको एक बेस बनाएका थिए, जहाँ बच्चालाई गुफाको प्रवेश द्वारबाट निकालेर ल्याउन सकियोस्।
सुरक्षित निकालिएका बालकहरुलाई चियांग राय अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबार एक थाई गोताखोरको मृत्यु भएको थियो । यसबाट के थाहा हुन्छ भने गुफा भित्र पुगरे उद्धार गर्न कति गाह्रो छ ।