०५ असार २०८३, शुक्रबार

चुनाव रोक्न क्याम्पस प्रमुखकै अपहरण !

कात्तिक २०, २०७४
चुनाव रोक्न क्याम्पस प्रमुखकै अपहरण !
काठमाडौं, ५ फागुन- स्ववियु निर्वाचनको तयारी गरिरहेका लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापासहित तीनजना बुधबार अपहरणमा परेका छन् ।

अपहरण पर्ने अन्यमा सहायक क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका प्रमुख कमल विष्ट र उपप्राध्यापक अमर रावल छन् ।

विप्लव माओवादीका कार्यकर्ताले क्याम्पस परिसर प्रवेश गरी उनीहरूलाई मोटरसाइकलमा राखेर अज्ञातस्थलतर्फ लगेका हुन् । अपहरणपछि उनीहरूलाई रिहाइ गर्न विभिन्न विद्यार्थी संगठनहरूले अपिल गरेका छन् ।

कैलालीका प्रहरी प्रमुख अर्जुन चन्दले क्याम्पस प्रमुखसहित तीनैजनासँग टेलिफोन सम्पर्क भएको र राति ११ बजेसम्म घर फर्कने बताएको जानकारी दिए । तर, राति अबेरसम्म थापाको रिहाइ हुन सकेको छैन ।

विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले १४ फागुनमा हुन लागेको स्ववियु निर्वाचन स्थगन गर्न माग गर्दै आएको छ ।

अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष वीरेन्द्र विकले भने घटना सम्बन्धमा आफूलाई थाहा नभएको बताए । ‘चुनाव सार्न दबाब दिने कार्यक्रमअनुसार क्याम्पस प्रमुख र सहायक प्रमुखलाई सोधपुछ गर्न खोजिएको हुनसक्छ,’ विकले भने, ‘तर, लम्कीबारे मलाई आधिकारिक जानकारी छैन ।’

salt training

कमेन्ट गर्नुहोस्