
काठमाडौं– कलकत्ताका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याल सम्मानित भएका छन् ।
नेपाल फ्रेट फरवाडर्स एशोसिएनले २४ औं कार्गो दिवसको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले महावाणिज्यदूत अर्याललाई सम्मान गरेका हुन् ।
नेपालको तेस्रो मुलुकबाट आयात र निर्यात हुने व्यापारमा सहजीकरणको भूमिका खेलेको र ट्रेड एण्ड ट्रान्जिट व्यवस्थामा महत्त्वपूर्ण भूमिका खेलकेको भन्दै अर्याललाई सम्मान गरिएको नेपाल फ्रेट फरवाडर्स एशोसिएसनले जनाएको छ ।
अर्याललाई यसअघि पनि नेपाल भारत सांस्कृतिक सम्बन्ध प्रवर्धनमा योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।