
काठमाडौं –इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरूले नेपालको इतिहासमै पहिलो पटक आफ्नो अध्ययनको व्यवहारिक अभ्यास गर्न पाउने भएका छन् ।
यस सम्बन्धमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपाल र एड्भान्स कलेज कुपन्डोलबीच दुईपक्षीय सम्झौता भएको छ ।
महासंघको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र कलेजका तर्फबाट प्रा़.डा. बालकृष्ण सापकोटाले हस्ताक्षर गरेका छन् ।
ग्रामीण क्षेत्रमा सामुदायिक विद्युतीकरण गरिरहेका सामुदायिक संस्थाहरूमा इन्जिनियरिङ सेवा पुर्याउने र ग्रामिण क्षेत्रमा विद्युतीय सुरक्षा, प्राविधिक सहयोग लगायत व्यवहारिक अनुभव साटासाट गराउने अपेक्षा गरिएको छ ।
यस कार्यबाट कष्टसाथ विद्युतीकरण सेवा सञ्चालन गरेका संस्थाहरूमा सैद्धान्तिक सहयोग हुनेछ भने विद्यार्थीहरूका लागि व्यवहारिक सिकाइ हुनेछ ।
यो कार्यक्रम नेपालको पहिलो र नमूना भएकोले सबैको सहयोग पाइने दुवै पक्षको विश्वास छ ।