०५ असार २०८३, शुक्रबार

इमरान खानलाई लिखित माफी माग्न निर्वाचन आयोगको आदेश

इमरान खानलाई लिखित माफी माग्न निर्वाचन आयोगको आदेश

काठमाडौं – पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का अध्यक्ष र भावी प्रधानमन्त्री इमरान खानलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा लिखित रूपमा माफी माग्न लगाएको छ । 

साउन ९ मा आमनिर्वाचनका बेलामा मत हाल्दा उनीमाथि आचारसंहिता उल्लंघनको आरोप लागेको थियो । 

एनए–५३ इस्लामाबाद संसदीय क्षेत्रमा सार्वजनिक रूपमा मतपत्रमा स्ट्याम्प हानेको पाइएपछि पाकिस्तान चुनाव आयोगले यो कदम चालेको हो । प्रमुख आयुक्तको अध्यक्षतामा चार सदस्यीय समितिले इमरानविरुद्धको मुद्दामा सुनुवाइ ग¥यो । 
बिहीवार जियो न्युजले दिएको समाचारअनुसार, क्रिकेटरबाट नेता बनेका इमरानका वकिल बाबर अवान आयोगसमक्ष प्रस्तुत हुँदै इमरानले जानीबुझी सार्वजनिक रूपमा मत नदिएको बताए । 

इमरानको मतपत्रको तस्वीर उनको अनुमतिबेगर खिचिएको वकिलले बताए । गोपनीयता दिने मतदान केन्द्रको पर्दा भीडका कारण झरेको उनको भनाइ थियो ।

अवानले समितिलाई बताए, ‘भीडका कारण मतदान केन्द्रको डिभाइडर हटाइयो । इमरानले कर्मचारीलाई मत कसरी हाल्ने सिकाउनुस् भनेपछि उनलाई सिकाइयो ।’

अवानले यो मुद्दा यहीँ टुंगिनुपर्ने माग राखे र एनए–५३ इस्लामाबादबाट इमरान खानको जीतको सूचना सर्वाजनिक गर्न आयोगलाई आग्रह गरे ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्