२८ असार २०८३, आइतबार

नेकपा प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

भदौ १, २०७५
नेकपा प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश
फाइल तस्बिर

काठमाडौं– सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर (प्रकाण्ड)लाई रिहा गर्न आदेश दिएको छ । 

नरेन्द्र बहादुर सिंह विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको इजलाशले शुक्रवार प्रकाण्डलाई रिहा गर्न आदेश जारी गरेको हो । 

विभिन्न व्यवसायीबाट अवैध रुपमा चन्दा शंकलन गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चकै आदेशअनुसार बिहीवार अदालतमा उपस्थित गराइएको थियो । 

प्रकाण्ड पक्राउ परेपछि नरेन्द्र बहादुर सिंह विश्वकर्माले साउन २७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

रिटको पहिलो सुनुवाइ गर्दै साउन २८ गते सर्वोच्चका न्यायाधीश ओम प्रकाश मिश्रको इजलाशले पक्राउको कारणसहित बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।   

साउन २२ गते (म‌ंगलवार) काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डले विभिन्न व्यवसायीबाट ७ करोड रुपैयाँ बराबर चन्दा संकलन गरेको पाइएको प्रहरीको दावी छ । 

विश्वकर्मासहित ३ जनालाई चन्दा संकलनको रसिदसहित प्रहरीले बुधबार काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विश्वकर्माका अलावा कपिलवस्तुको वाणगंगा नगरपालिका– ४ का ५० वर्षीय मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका– ६ का ३३ वर्षीय हरिचन्द्र आचार्य छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्