३२ असार २०८३, बिहीबार

जातीय छुवाछुतको हद, होटलको भाँडा छुनसम्म पाउँदैनन् डोम समुदायका व्यक्ति

जातीय छुवाछुतको हद, होटलको भाँडा छुनसम्म पाउँदैनन् डोम समुदायका व्यक्ति
फाइल तस्बिर

गौशाला–  मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ ।  

उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताए । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ ।

होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उनी गुनासो गर्छन् । 

उक्त नगरपालिका–१स्थित जलेश्वर–सम्सी सडक खण्डको छेउमै वर्षौदेखि बस्दै आएका डोम समुदायलाई मनरा बजारमा अवस्थित करीब ५० होटलमध्ये कुनै पनि होटल सञ्चालकले सहजपूर्वक खानेकरा खान दिने गरेका छैनन् ।

सोही स्थान निवासी बिजुली डोमले पनि होटल सञ्चालक मात्रै नभई आम स्थानीय बासिन्दा आफूहरूबाट टाढा रहने र खानपिन गर्दा पनि टाढै रहने गरेको पीडा सुनाउछन् । कानूनले छुवाछुतलाई अन्त गरिसक्दा पनि यस क्षेत्र बासिन्दालाई काननूनले कुनै असर नपारेको उनीहरूको गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्