३२ असार २०८३, बिहीबार

इरानले सार्वजनिक गर्दैछ नयाँ लडाकू विमान

इरानले सार्वजनिक गर्दैछ नयाँ लडाकू विमान

काठमाडौं – इरानले यही हप्ता नयाँ लडाकू विमान सार्वजनिक गर्ने घोषणा गरेको छ । अमेरिका र इजरायलका तर्फबाट हुने खतराबाट सुरक्षाका लागि यो विमानले युद्धमोर्चामा आफूलाई चुस्तदुरुस्त राख्ने इरानको विश्वास छ । 

तस्नीम समाचार संस्थाले यसको जानकारी दिएको हो । तस्नीमका अनुसार, रक्षामन्त्री अमीर हातमीले आफूहरूको प्राथमिकता क्षेप्यास्त्र क्षमताको अभिवृद्धि रहेको अनि क्षेप्यास्त्र प्रतिरक्षामा शत्रुहरूले गरेको उन्नतिलाई हेरेर क्षमता बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ लडाकू विमान बुधवार नेसनल डिफेन्स इन्डस्ट्री डेको दिन उडान भर्ने उनले जानकारी दिए ।

इजरायल र अमेरिकाबाट बारम्बार पाइने धम्कीको सामना गर्नका लागि सबै विकल्प खुला राख्नुपर्ने हातमीले बताए । उनले भने, ‘हामीले इरान इराक युद्धमा के सिकेका छौं भने हामी कसैप्रति पनि निर्भर रहनुहुँदैन । हामी कतै
कमजोर देखियौं भने कसैले हामीलाई दया देखाउनेछैन । हाम्रा संसाधनहरू सीमित छन् र हामी न्यूनतम लगानीमा सुरक्षा स्थापनाका लागि प्रतिबद्ध छौं ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्