१० असार २०८३, बुधबार

राप्रपा नेतृत्वका लागि आज मतदान, थापाविरुद्ध उम्मेदवारी दिने राणा को हुन् ?

कात्तिक २०, २०७४
राप्रपा नेतृत्वका लागि आज मतदान, थापाविरुद्ध उम्मेदवारी दिने राणा को हुन् ?
काठमाडौँ, ९ फागुन - कमल थापा बलिया प्रतिस्पर्धीलाई रोक्न सफल भए पनि राप्रपामा अध्यक्षको सर्वसम्मत उम्मेदवार बन्न भने चुकेका छन् । अध्यक्षमा दाबी गरिरहेका डा. प्रकाशचन्द्र लोहनीले अन्तिममा उम्मेदवारी दिएनन् । तर, अर्का एक जिल्ला तहका नेताका कारण थापा सर्वसम्मत उम्मेदवार बन्न भने सकेनन्, आजको नयाँ पत्रिकामा खबर छ |pradip bikram rana
काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष प्रदीपविक्रम राणाले आइतबार दिउँसो सवा २ बजे अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष थापाले साढे ३ बजे उम्मेदवारी दर्ता गराए । तर, आइतबार रातिसम्म उम्मेदवारमाथिको दाबी–विरोधदेखि अन्तिम सूची प्रकाशनको समय सोमबारसम्मलाई सारिएकाले थापा सर्वसम्मत उम्मेदवार हुने सम्भावना भने टरेको छैन । राणालाई उम्मेदवारी फिर्ताका लागि मनाउन प्रयास भइरहेको छ ।
थापाविरुद्ध उम्मेदवारी दिने राणा को हुन् ?
थापाविरुद्ध उम्मेदवारी दिने राणा काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष हुन् । लोहनी, राणा पक्षका केही नेता–कार्यकर्ताको साथ र सहयोग भने उम्मेदवार राणालाई भएको बुझिएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष थापाले आदेश दिएर बन्दसत्रबाटै निकाल्न लगाएपछि प्रतिशोधमा उनले उम्मेदवारी दर्ता गराएको राप्रपाका एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्