०५ असार २०८३, शुक्रबार

बाह्रबीसेको पुल बाढीले बगाएपछि वैकल्पिक मार्ग सञ्चालनमा

बाह्रबीसेको पुल बाढीले बगाएपछि वैकल्पिक मार्ग सञ्चालनमा
फाइल तस्बिर

चौतारा– शनिबार रातिको बाढीपहिरोले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधी खोलाको पक्की पुल बगाएपछि अस्थायीरुपमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । 

बाह्रबीसे नगरपालिका–३ र ४ को बीचमा पर्ने पक्की पुल बगाउँदा नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाबीच यातायात सम्पर्क स्थापित गर्न भएपछि वैकल्पिक अस्थायी मार्ग बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । 

वर्षात् कम भएपछि सो ठाउँमा पक्की पुल बनाइने र बजार क्षेत्रमा क्षति पुग्न नदिन दुई स्काभेटर तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताए । बगाएको पुलको ठाउँमा अढार्इ महिनाभित्र सम्पन्न हुने गरी पक्की पुल निर्माण गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इञ्जिनियर अशोक तिवारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्