१५ असार २०८३, सोमबार

चीनको चेतावनीका बाबजुद अमेरिकी सेना दक्षिण चीन सागरमा

कात्तिक २०, २०७४
चीनको चेतावनीका बाबजुद अमेरिकी सेना दक्षिण चीन सागरमा
काठमाडौं, ९ फागुन — दक्षिण चीन सागरमाथि नियन्त्रणका विषयमा चीनसँग विवाद चर्किएपछि अमेरिकी जलसेनाका एक एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुपले गश्ती शुरु गरेको छ ।


बुधवार चीनले अमेरिकालाई दक्षिण चीन सागरमा सम्प्रभुताका विषयमा चेतावनी दिएपछि शनिवार अमेरिकाले त्यहाँ गश्ती टोली उतारेको थियो । शनिवारदेखि नियमित गश्ती शुरु भएको छ ।

गश्ती टोलीसँग अत्याधुनिक हतियार विद्यमान छ ।

यसअघि चीनले दक्षिण चीन सागरमा नौसैनिक अभ्यास गरेको थियो । चीनले विवादित क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा एयरक्राफ्ट क्यारियर ल्याएर छिमेकी मुलुकहरूलाई चिन्तामा पारेको थियो ।

प्राकृतिक स्रोतसाधनमा समृद्ध दक्षिण चीन सागरका लगभग सबै क्षेत्रमा चीनले दाबी गरेको छ । दक्षिण चीन सागरको रणनीतिक महत्त्वका अलावा व्यापारिक महत्त्व पनि छ । यहीँबाट वर्षैपिच्छे खरबौं रुपैयाँको व्यापार हुन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्