
मुग्लिन – रक्सौलबाट धादिङतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।
एचआर ६९ ईबी ६९७३ नम्बरको बुलेट चितवनको दासढुंगा नजिकैबाट त्रिशूली नदीमा खसेको मुग्लिन प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण बुलेट नदीमा खसेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार चालक सकुशल छन् ।
सो बुलेट धादिङस्थित सुगम ग्यास उद्योगका लागि ग्यास बोकेर आउँदै गरेको बताइएको छ ।