३२ असार २०८३, बिहीबार

नुवाकाेट : चारैतिर पहिरो गएपछि बीचमा फसेका शेर्पा दम्पतीकाे उद्धार

नुवाकाेट : चारैतिर पहिरो गएपछि बीचमा फसेका शेर्पा दम्पतीकाे उद्धार

नुवाकोट– जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको चेताङमा पहिरोमा फसेको दुईजनाको उद्धार गरिएको छ । 

पहिरोमा फसेका दोर्जे शेर्पा र पाङ्जेन शेर्पा दम्पतीको आज साँझ ७ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बिहान गोठमा वस्तुलाई घाँस हाल्न गएका शेर्पा दम्पती दिउँसो घर फर्कने क्रममा पहिरोमा फसेपछि घर फर्किन सकेका थिएनन् । चारैतिर पहिरो गएपछि बीचमा फसेका शेर्पा दम्पतीलाई उद्धार गरी विदुरमा ल्याइएको प्रहरीले जनाएको छ । 

सम्पर्कविहीन भएका वीरबहादुर तामाङ र पुतली तामाङ भने सकुशल रहेको तथा गाउँमा आइसकेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योवीन्द्रसिंह तामाङले जानकारी दिनुभयो । पहिरोले सात घर बगाएको छ भने तीन भैँसी र ६ वटा गाईगोरु मरेको अध्यक्ष तामाङले बताउनुभयो । पहिरोको कारण १६ घर जोखिममा परेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्