१२ असार २०८३, शुक्रबार

यी हुन् घुस काण्डपछि कोटेश्वरको कमाण्ड सम्हाल्ने इन्सपेक्टर एलिजा

यी हुन् घुस काण्डपछि कोटेश्वरको कमाण्ड सम्हाल्ने इन्सपेक्टर एलिजा

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा नयाँ इन्चार्ज पठाएको छ ।  बालुवा सेटिङमा घुस लिएको आरोमा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो ।  


प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कोटेश्वरका इन्सपेक्टर लामालाई हटाएर एलिजालाई पठाइएको बताए । लामालाई भने सामाखुसीस्थित पहरा गणमा पठाएको छ ।

यस्तै  काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई पनि हटाएर सुधिर राईलाई नयाँ पठाइएको छ । 

शनिबार अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गानासहित  ९ प्रहरीलाई १ लाख घुसहित राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्