काठमाडौं — आगामी ४८ घण्टामा इन्टरनेट प्रयोगकर्ताहरूले समस्या भोग्नसक्ने रसिया टुडेले एउटा रिपोर्टमा बताएको छ ।
इन्टरनेट प्रयोगकर्ताहरूलाई कनेक्सन फेलियर एरर सन्देश आउने सम्भावना छ । मेन डोमेन र त्यससँग जोडिएका नेटवर्क संरचना बन्द हुने रिपोर्टमा उल्लेखित छ ।
दी इन्टरनेट कर्पोरेसन अफ असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) ले यसबीचमा क्रिप्टोग्राफिक कीजमा परिवर्तन गरेर मर्मत गर्ने भएकाले प्रयोगकर्तालाई समस्या आउने बताइएको छ । इन्टरनेट एड्रेस बूक, नेम सिस्टम (डीएनएस)
लाई सुरक्षित बनाउन क्रिप्टोग्राफिक कीज बदलिन लागिएको बताइएको छ । साइबर आक्रमण अत्यधिक बढेका कारण यसो गर्नु जरूरी भएको आईक्यानको भनाइ छ ।
कम्युनिकेसन रेगुलेटोरी अथोरिटीले एक बयान जारी गर्दै भन्यो, ‘इन्टरनेट सर्भिस प्रोभाइडरहरूले यो परिवर्तनको तयारी गरेका छैनन् भने केही प्रयोगकर्ता यसबाट प्रभावित हुन सक्छन् । तर यसबाट बच्नका लागि सिस्टम सेक्युरिटी
एक्सटेन्सन इनेबल गर्न सक्नुहुन्छ ।’
आगामी ४८ घन्टामा इन्टरनेट प्रयोगकर्ताहरूलाई वेबपेज खोल्न र ट्रान्जाक्सन गर्न समस्या आउन सक्छ । पुरानो इन्टरनेट सर्भिस प्रोभाइडरका प्रयोगकर्ताहरूलार्य ग्लोबल नेटवर्कमा पहुँच पाउन गाह्रो हुन सक्छ ।
एजेन्सी