१५ असार २०८३, सोमबार

वृद्ध मृतावस्थामा भेटिए, हत्या गरिएको आशंका

कात्तिक २, २०७५
वृद्ध मृतावस्थामा भेटिए, हत्या गरिएको आशंका

काभे्रपलाञ्चोक – काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ डुडीगाउँका १ वृद्ध शुक्रवार बिहान मृतावस्थामा भेटिएका छन् । 

७६ वर्षका ज्ञानध्वज लामा आफ्नै कटेज बाहिर मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनका अनुसार लामा कटेजमा एक्लै बस्दै आएका थिए । 

‘ढुंगाले हानेर मारेको देखिएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘हामी घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ लामालाई बिहान उनकै कटेज बाहिर मृतावस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्