०९ असार २०८३, मंगलबार

भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

कात्तिक १४, २०७५
भ्रष्टाचार आरोपी मन्त्रीद्वारा राजीनामा

काठमाडाैं- आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिएका छन्। 

मङ्गोलियाको खाद्य, कृषि र उद्योगमन्त्री बाट्जार्गाल बाट्जोरिङले बुधबार राजीनामा दिएको अधिकारीहरुले जनाएका छन् । 

“मैले आफ्नो पदबाट राजीनामा दिएको छु, यसमा मलाई कुनै समस्या छैन,” उनले पत्रकारहरुलाई भने । 

सत्तारुढ दल मङ्गोलियन पिपुल्स पार्टी ग्रुपले नै संसदमा उनले राजीनामा दिनुपर्ने माग गरेको थियो । 

उनले न्यून व्याजदरमा राज्यको रकम वितरण गर्न लगाएको, राज्यकोषलाई हानी हुने काम गरेको विवरण केहीदिन अगाडि सार्वजनिक भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्