१२ असार २०८३, शुक्रबार

सहकार्य विस्तार गर्दै साझा यातायात, महानगर र नगरलाई शेयर

कात्तिक १५, २०७५
सहकार्य विस्तार गर्दै साझा यातायात, महानगर र नगरलाई शेयर

ललितपुर – साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । 

दुई वर्षपहिले काठमाडौं महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उनले बताए ।

प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् । उनले भने, 'हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।' ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु १० लाख र महालक्ष्मी नगरपालिकाले रु १५ लाख शेयर खरीद गरिसकेका छन् । 

काठमाडौं उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ । पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ ।

पाण्डेयले भने, “अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ ।”

एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्