२९ जेठ २०८३, शुक्रबार

उपमेयरकाे घरबाट १६ लाख बराबरको चोरी

उपमेयरकाे घरबाट १६ लाख बराबरको चोरी
सन्दर्भ तस्वीर

भक्तपुर-भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ । 

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ । बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्