११ असार २०८३, बिहीबार

जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, मृतक कांग्रेसका वडा सभापति समेत

मंसिर १२, २०७५
जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, मृतक कांग्रेसका वडा सभापति समेत

दुल्लु – दैलेखको ठाँटीकाँध गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनास्थलमै मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीया निर्मल बम, वडा नं ३ का ४७ वर्षीया राजेन्द्रबहादुर शाही र ठाँटीकाँध गाउँपालिका–२ का सवारी चालक रमेश शाही रहेका छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा ठाँटीकाँध गाउँपालिका–३ का रत्ना शाहीको मृत्यु भएको रहेको प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्