२३ जेठ २०८३, शनिबार

हात्तीलाई किन देखाइँदैछ डिस्को लाइट्स ?

मंसिर २४, २०७५
हात्तीलाई किन देखाइँदैछ डिस्को लाइट्स ?

काठमाडौं — तपाईंले डिस्को क्लबमा बहुरंगी एलईडी लाइट बलेको देख्नुभएको होला । भारतको केरल राज्यमा रहेको वायनाडमा यो लाइटको अनौठो प्रयोग गरिएको छ । 

वन विभागले ३६० डिग्री घुम्ने यस्ता लाइटलाई खेतमा राख्ने भएको छ । यसले गर्दा जंगली हात्तीहरू टाढै बस्ने अपेक्षा थियो र यसको परिणाम साँच्चिकै देखिएको छ । लाइट हालेको डेढ महिनामा हात्तीबाट कुनै हानिनोक्सानी भएको छैन । 

वन विभागका अधिकारीहरूले यो बहुरंगी लाइटले चेथालयममा आवारा हात्तीलाई मानव बस्तीबाट टाढा राख्न सफल भएको बताए । त्यसअघि हात्ती भगाउन खाल्डो, ग्रेनाइट पर्खाल र सौर्य फेन्स लगाएको भए पनि काम लागेन । 

वन अधिकारी पी रञ्जित कुमारले भने, ‘हामीले झिलिमिली बत्ती हालेपछि विगत डेढ महिनामा कुनै पनि अप्रिय घटना भएका छैनन् । अहिले धान काट्ने सीजन चलिरहेको छ र हात्तीले दुःख दिएको छैन ।’

एक स्थानीय किसान अजासले यही उपाय जंगली बँदेलबाट बच्नका लागि पनि उपयोग गर्न सकिन्छ भने । 

वन अधिकारी भी रतिसनले हात्तीलाई यी अत्यधिक चम्किला बत्तीहरू लगाएपछि अप्ठ्यारो भएको र मानव बस्तीनजिक आउन मन नलागेको देखिएको बताए । 

उनले एलईडी लाइट किफायती भएको भने । एक युनिट बल्ब र ब्याट्रीको मूल्य साढे ६ हजार छ । 

वन्यजन्तु विशेषज्ञ पीएस इयासाले भने, ‘झारखण्ड जस्ता स्थानमा जंगली हात्तीविरुद्ध सामान्य फ्ल्याश लाइट प्रयोग गरिन्छ । तर समय बितेसँगै हात्तीलाई यसको बानी पर्न सक्ने विषयमा हामीहरू चनाखो हुनुपर्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्