२९ जेठ २०८३, शुक्रबार

जापानमा वृद्धहरूले गाडी चलाउँदा दुर्घटनामा वृद्धि, डिमेन्सिया हो कारण (भिडियो)

जापानमा वृद्धहरूले गाडी चलाउँदा दुर्घटनामा वृद्धि, डिमेन्सिया हो कारण (भिडियो)

काठमाडौं — जापानको एक सडकपेटीमा एक वृद्धाले गाडी चलाएको भाइरल भिडियोले वृद्ध चालकहरूबाट दुर्घटना बढेका तथ्यलाई उजागर गरेको छ । वृद्धाले चलाएको गाडी दुर्घटनामा भने परेन । 

यो भिडियो क्लिप ६८ लाखचोटि हेरिएको छ र मंगलवार ट्विटरमा हालेदेखि यसले दुई लाख १३ हजार लाइक पाएको छ । भिडियोमा महिला हलुका सिल्भर ह्याचब्याक चलाइरहेकी देखिन्छिन् । उनी दक्षिणपश्चिम जापानको मियाजाकी
प्रिफेक्चरको नोबेएको शहरको चौडा सडकपेटीमा गाडी हाँकिरहेकी थिइन् । 

अर्को कार चढेर गइरहेका दुई मानिस यो दृश्य देखेर छक्क परेको सुनिन्छ । पछि उनीहरू हाँस्न थाल्छन् । वृद्धा चालिकाले सम्भावित खतराप्रति ध्यान नदिएको देखिन्छ । 

लाइभडूअर न्युजले चालिका ७० वर्ष जति पुगेको अनुमान गरेको छ । उनले नजिकैको सुपरमार्केटमा निस्केपछि भूलवश गाडीलाई पेटीमा चढाएको हुन सक्छ । 

वृद्ध चालकहरूका कारण सवारी दुर्घटनामा वृद्धि भएपछि प्रहरीले उनीहरूलाई लाइसेन्स फिर्ता गर्नका लागि फकाउन थालेको छ । केही वृद्धवृद्धालाई डिमेन्सिया नामक मानसिक रोग लागेको छ । 

वृद्ध चालकहरूले ब्रेक भन्ठानेर एक्सलरेटर थिच्ने गरेका छन् र सडकको गलत छेउबाट गाडी गुडाउने गरेका छन् । 

गत वर्ष जापानमा ट्राफिक दुर्घटनामा मृत्यु कीर्तिमान रूपमा घटेको भए पनि प्रहरी दुर्घटनाको संख्या ठूलै रहेकोमा चिन्तित छन् । देशको जनसंख्यामा वृद्धको संख्या बढ्दै जाँदा वृद्ध चालकहरू झनै थपिने देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार, ४६ लाखभन्दा बढी जापानीहरू कुनै न कुनै किसिमको डिमेन्सियाबाट ग्रस्त छन् । सन् २०२५ सम्म यो संख्या बढेर लगभग ७३ लाख पुग्ने अपेक्षा गरिएको छ ।

 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्