१२ असार २०८३, शुक्रबार

उम्मेदवार छान्न माओवादीले बनायो यस्तो कार्यविधि

कात्तिक २०, २०७४
उम्मेदवार छान्न माओवादीले बनायो यस्तो कार्यविधि
काठमाडौं, २५ फागुन -माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको खबर आजको नयाँ पत्रिकामा खबर छ |


प्रचण्डले सोमबारको पार्टी हेडक्वार्टर बैठकमा पेस गरेको प्रस्तावमा निर्वाचन परिचालन समितिले गर्ने कार्यविधिमा वडादेखि गाउँ, नगर र महानगरसम्मका उम्मेदवार छनोट के कसरी गर्ने भन्नेसम्मका प्रारम्भिक खाका समेटिएका छन् । निर्वाचन परिचालन समितिलाई प्रारम्भिक खाकामा थप परिष्कृत गरी कार्यविधि तय गर्न बैठकले निर्देशनसमेत दिएको छ ।

स्थानीय तहका जुनकुनै पदका उम्मेदवार छनोट गर्न सम्बन्धित सिफारिस गर्ने कमिटीले तीनजनासम्मको नाम आफूभन्दा माथिल्लो कमिटीमा पठाउनुपर्ने हुन्छ । त्यसरी सिफारिस भई आएका नामलाई सिफारिस गर्ने कमिटीभन्दा माथिल्लो कमिटीले अनुमोदन गरी आफूभन्दा माथिल्लो कमिटीको स्वीकृति अनिवार्य लिनुपर्ने विधि बनाएको छ ।

स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ । वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ ।maoist
गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने गरी मापदण्ड माओवादीले बनाएको छ । सम्बन्धित कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारलाई जिल्लाले अनुमोदन गर्ने र प्रदेश कमिटीले मात्र उम्मेदवार बनाउने विधि उसले बनाएको छ ।

स्थानीय तहअन्तर्गतका महानगरपालिकाका प्रमुख–उपप्रमुख पदका उम्मेदवार पार्टी केन्द्रले नै तोक्नेछ । जिल्लाको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रले स्वीकृति दिने गरी विधि बनाएको माओवादीका एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्