१२ असार २०८३, शुक्रबार

चलचित्र पत्रकार संघको महाधिवेशन, अध्यक्षमा सापकोटा विजयी

कात्तिक २०, २०७४
चलचित्र पत्रकार संघको महाधिवेशन, अध्यक्षमा सापकोटा विजयी
काठमाडौं, २६ फागुन – चलचित्र पत्रकार संघ, नेपालको सातौं महाधिवेशनमा अध्यक्ष पदमा सिनेखबरका सन्दिप सापकोटा विजयी भएका छन् । अध्यक्षमा उम्मेद्वारी दिएका अर्का प्रतिद्वन्द्वि लक्ष्मण सुवेदीलाई उनले २१ मतले हराउँदै विजयी भएका हुन् ।

बुधबार काठमाडौंमा भएको महाधिवेशनमा अपाध्यक्ष संगठनमा दिनेश सिटौला, कोषाध्यक्षमा कुवेर डंगोल, सह-कोषाध्यक्षमा जीवन पराजुली र सचिव (समावेशी) मा समीर बलामी निर्विरोध भएका छन् ।

उपाध्यक्ष पदमा अशेष अधिकारीलाई हराउँदै श्याम अर्याल विजयी भए । त्यस्तै महासचिव पदमा दुई भोटले हराउँदै अनिल यादव विजयी भएका छन् । उनले विजय सुवेदीलाई पछाडि पारेका हुन् । त्यस्तै महिला उपाध्यक्षमा शारदा थापालाई हराउँदै गीता अधिकारीले जीत हासिल गरिन् । सचिव पदमा बैकुण्ठ पराजुलीले प्रतिद्वन्द्वि कुवेर गिरीलाई पछाडि पार्दै विजयी भए ।

त्यस्तै केन्द्रीय सदस्यमा वर्षा बस्नेत, उत्सव रसाइली, बाबु सुरेश दुलाल, कृष्ण भट्टराई, विकास लामिछाने र मनिष कार्की विजयी भए । त्यस्तै समावेशी सदस्यमा विशाल राई र दिपज्योति थापा निर्विरोध भए ।

केन्द्रीय सभासदमा डब्बु क्षेत्री, राजन घिमिरे, धनबहादुर खड्का, अशोक प्यासी राई, शान्तिप्रिय, सुब्रतराज आचार्य, विदुर गिरी, नेमिष गौतम, विष्णुप्रसाद सुवेदी विजयी भए भने महिलातर्फ स्वस्तिका पन्थी चिलवाल, रश्मी थापा, सुब्बा मानन्धर निर्विरोध चुनिए ।

प्रदेश सभासद्का लागि राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर.डी. श्रंखला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा निर्विरोध निर्वाचित भए ।

salt training

कमेन्ट गर्नुहोस्