१२ असार २०८३, शुक्रबार

भारतमा चुनावी सरगर्मी शुरू, बजारमा ‘मोदी सारी’पछि ‘राहुल-प्रियंका’

फागुन ८, २०७५
भारतमा चुनावी सरगर्मी शुरू, बजारमा ‘मोदी सारी’पछि ‘राहुल-प्रियंका’

भारत- गुजरातको सूरतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरसहितको सारीले चर्चा पाएको छ । तर अहिले ‘मोदी सारी’पछि दुई नयाँ नेताको फोटोसहितका सारी पनि बजारमा आएका छन् ।

कांग्रेस समर्थक कपडा व्यापारीले पार्टी अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीको तस्वीर राखेर सारी बेचिरहेका छन् ।

सूरतमा बन्ने सारी भारतको विभिन्न शहरमा पठाइन्छ । राजनीतिक दलहरूले सारीको माध्यमबाट चुनाव प्रचारप्रसार गरिरहेका छन् ।

सूरतका कपडा कारोबारी गौरव श्रीमाली आफूलाई कांग्रेस समर्थक बताउँछन् । गौरवले कांग्रेस अध्यक्ष राहुल गान्धी र प्रियंका गान्धीको तस्वीर भएको डिजिटल प्रिन्ट सारी बजारमा छपाएका छन् ।

चुनाव प्रचारप्रसार गर्न सारीको प्रयोग गरिएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१४ को लोकसभाको निर्वाचनअघि सूरतका कपडा बजारमा बीजेपीको समर्थनमा नरेन्द्र मोदीको तस्वीर भएको सारी प्रिन्ट भएका थिए ।

गौरवले अहिलेसम्म १२० सारी मात्र प्रिन्ट गराएका छन् । छापिएका सारीलाई उनले मुम्बईका कांग्रेस विधायकहरूलाई पठाउनेछन् । त्यसपछि मागअनुसार सारी प्रिन्ट गराउने उनको सोच छ ।

गौरवले मोदीको फोटोवाला सारीलाई जवाफ दिन सारीमा राहुल गान्धी र प्रियंका गान्धीको तस्वीर प्रिन्ट गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्