१० असार २०८३, बुधबार

पुलवामा आक्रमणको बारेमा थाहा पाएपछि पनि मोदी फिल्मको शूटिङमा व्यस्त रहेको कांग्रेसको आरोप

फागुन १०, २०७५
पुलवामा आक्रमणको बारेमा थाहा पाएपछि पनि मोदी फिल्मको शूटिङमा व्यस्त रहेको कांग्रेसको आरोप

काठमाडौं — भारतको जम्मु कश्मीरस्थित पुलवामामा सुरक्षाकर्मीहरूमाथि भएको आक्रमणको एक हप्तापछि कांग्रेसले बिहीवार प्रेस मीट गरेर सरकारसँग पाँचवटा प्रश्न गरेको छ । 

कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले प्रधानमन्त्रीको संवेदनशीलतामा प्रश्न उठाए ।

उनले भने, ‘पुलवामा आक्रमणपछि देश नै शोकाकुल हुँदा देशका प्रधानमन्त्री एक प्रचार फिल्मको शूटिङ गरिरहेका थिए । यति ठूलो आक्रमणपछि पनि प्रधानमन्त्रीले आफ्नो कार्यक्रम टार्ने कष्ट गरेनन्, उनले राष्ट्रिय शोकको घोषणा पनि गरेनन् ।’ 

कांग्रेसको यो चर्को आक्रमणपछि भाजपाले पनि प्रत्याक्रमण ग¥यो । 

भाजपा अध्यक्ष अमित शाहले कांग्रेसमाथि पुलवामा आक्रमणको राजनीति गरेको आरोप लगाए र प्रधानमन्त्री मोदीले दिनमा १८ घन्टा काम गर्ने गरेको बताए । 

शुक्रवार कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीमाथि आक्रमण गर्दै तीनवटा तस्वीर ट्वीट गरे अनि व्यंग्य गर्दै फोटोशूट सरकार लेखे । 

यस ट्वीटको केही समयपछि भाजपाको आधिकारिक ट्विटर ह्यान्डलमा लेखियो, ‘राहुलजी, भारत तपाईंको फेक न्युजबाट अघाइसकेको छ । देशलाई दिग्भ्रमित गर्नका लागि बिहानका तस्वीर पोस्ट गर्न बन्द गर्नुस् । उक्त आक्रमणका बारेमा तपाईंलाई पहिले नै थाहा थियो होला तर भारतका जनताले यसको खबर साँझ मात्र पाए । अर्कोपल्ट कुनै स्टन्ट गर्दा जवानहरूको शहादतलाई समावेश नगर्नुहोला ।’

यसअघि एनडीटीभीमा प्रकाशित एक रिपोर्टअनुसार, सरकारका सूत्रहरूले के बताए भने प्रधानमन्त्री मोदीलाई पुलवामा आक्रमणको जानकारी ढिलो गरी प्राप्त भयो । 

खबर अनुसार, भाजपाले यस विषयमा प्रधानमन्त्रीको बचाउ गर्दै खराब मौसम र फोनको नेटवर्क कमजोर भएका कारण प्रधानमन्त्रीलाई आक्रमणको सूचना २५ मिनेट ढिलो भयो । 

यसबाहेक राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग सोधपुछ गरिएको खबर पनि छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्