०७ असार २०८३, आइतबार

रामपुरमा छ सय मानिस अट्ने शैक्षिक सभाहल निर्माण हुँदै

फागुन १२, २०७५
रामपुरमा छ सय मानिस अट्ने शैक्षिक सभाहल निर्माण हुँदै

बेझाड-पाल्पाको रामपुरमै सबैभन्दा ठूलो शैक्षिक सभाहल निर्माण हुँदैछ । रामपुर नगरपालिकाको सहयोगमा दरैठाँटी माध्यमिक विद्यालयको परिसरमा सभाहल निर्माण गरिँदैछ । विद्यालयले उपलब्ध गराएको करीब एक रोपनी क्षेत्रफलमा ६०० मानिस अट्ने क्षमताको सुविधासम्पन्न सभाहल निर्माण भइरहेको सभाहल भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताउनुभयो । 

सभाहल निर्माणका लागि रामपुर नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । विद्यालयको रु आठ लाख रकमसहित करीब रु ४८ लाखको लागत स्टिमेटमा भवन निर्माणकार्य थालनी गरिएको हो । 

आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अहिले धमाधम भइरहेको छ । रामपुर क्षेत्रमा ठूलो क्षमताको सभाहल नहुँदा विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह गर्न समस्या परिरहेको छ । 
शहरोन्मुख हुँदै गरेको रामपुरमा यहाँ सभाहल निर्माणकार्य सम्पन्न भएपछि विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह आयोजना गर्न सजिलो हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्