२८ असार २०८३, आइतबार

शिरीष र शिलुको रोईला गीत ‘तल्लाघरे सान्नानी’ [भिडियो]

शिरीष र शिलुको रोईला गीत ‘तल्लाघरे सान्नानी’ [भिडियो]

काठमाडौं- रोईला गायनमा ख्याति कमाएका गायक शिरीष देवकोटाले नयाँ रोईला गीत ‘तल्लाघरे सान्नानी’ सार्वजनिक गरेका छन् । 

गीतमा शिरीष र गायिका शिलु भट्टराईको स्वर रहेको छ । सुदन अर्यालको शब्द रहेको गीतमा सन्त बहादुर रानाको संगीत छ । 

गीतमा दुई युवा–युवतिबीच मायाका भावको दोहोरी छ । गीत र भिडियो दुवै आकर्षक बनेको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । बसन्त फिल्मस् प्रा.लीको प्रस्तुती रहेको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

पाल्पा जिल्लामा जन्मेका शिरीष नेपाली मौलिक एवं लोपोन्मुख लोकसंगीतमा विशेष रुचि राख्दै आएका छन् ।

उनका ‘म त आउने थिइँन...’, ‘मान्छे सानी सानी बढ्दै आको जवानी, दुर्गा हौ कि भवानी...’, ‘खरवारीमा जान्छु मुठी लिन्छु टोलाउँछु पात बजाउँदै बोलाउँछु’, ‘तिर्खा लाए पानी, धोका खाए काँ जानी...’ लगायतका रोईला गीत चर्चित छन् ।

salt training

कमेन्ट गर्नुहोस्