
काठमाडौं– नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल नियक्त भएका छन् ।
पोखरेलले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट आइतवार मात्रै प्रहरी नायब महानिरीक्षकको दर्ज्यानी चिन्ह पाएका थिए । डीआईजीको दर्ज्यानी पाएको भोलिपल्ट सोमवार पोखरेल प्रहरी प्रवक्तामा नियुक्त भएका हुन् ।
नेपाल प्रहरीको काम कारवाहीलाई मिडियामार्फत जनता समक्ष सही सूचना प्रवाह गर्ने प्रवक्ता डीआईजी सुवेदीले लोकान्तरलाई बताए ।
अघिल्लो साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।
पोखरेल यसअघि लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मेवारी सम्हालेका थिए ।