काठमाडौं – भारतको उत्तर प्रदेशमा एक महिलाको उपचारको क्रममा विस्फोट भएपछि मृत्यु भएको छ ।
ती महिलाले विष खाएपछि बुधवार बेलुका उनलाई अलीगढस्थित जेएन मेडिकल कलेजमा ल्याइएको थियो ।
चिकित्सकहरूले उपचार शुरू गरे अनि मुखमा सक्सन पाइप हाले । त्यसपछि विस्फोट भयो । यो घटना सीसीटीभी क्यामरामा कैद भएको छ ।
ती महिलाले सल्फरिक एसिड पिएको हुन सक्ने र सक्सन पाइपबाट गएको अक्सिजनको सम्पर्कमा आएपछि विस्फोट भएको चिकित्सकहरूले बताए ।
घटनाको गहिरो अनुसन्धानपछि वास्तविक कारण पत्ता लाग्ने अस्पतालका प्रवक्ताले बताए ।
एजेन्सी