
काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जालमा कडा आलोचना बेहोरिरहेका छन् ।
साउदी अरबको मक्कामा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) सम्मेलनमा साउदी राजासँगको भेटघाटमा इमरानले उनको अनादर गरेको बताइएको छ ।
एउटा भिडियोमा इमरान रातो कार्पेटमा हिँडेर साउदी राजा सलमाननजिक पुगेको र हात मिलाएर केही कुरा गरेको देखिन्छ । त्यसपछि इमरानले राजासँग कुरा नगरेर अनुवादकसँग बोलेको देखिन्छ ।
इमरान खानले राजा सलमानसँग हात मिलाउने तर अनुवादकसँग कुरा गर्ने देखिएको छ । इमरानले सलमानलाई हेर्दा पनि नहेरेको देखिन्छ । त्यतिले नपुगेर इमरानले सलमानलाई प्रतिक्रिया नदिएर अचानक निस्केको देखिन्छ ।
यसबाट राजा सलमानको आनदर भएको र उनलाई कूटनीतिक शिष्टाचार थाहा नभएको प्रतिक्रिया आइरहेको छ ।
दुई नेताबीच द्विपक्षीय बैठक हुनुपर्नेमा इमरानले गरेको अपमानबाट रिसाएर राजा सलमानले बैठक रद्द गरेको दाबी गरिएको छ । मक्कामा ओआईसीको १४औं सत्रको आयोजन गरिएको थियो ।
Ho, ho, ho!... Things are different that it usually appears in politics :-))
— Vehbi Baysan (Ph.D.) (@vbaysan) June 3, 2019
Apparently, Saudis protested Mr. İmran Khan's behavior towards their king at highest level! pic.twitter.com/xlMfyHZS1z
बीबीसी हिन्दीबाट