
खलङ्गा- नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् ।
उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
बुधवार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उनलाई सोही कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।