०३ साउन २०८३, आइतबार

एनआईसी एशिया बैंकको एकैसाथ ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआईसी एशिया बैंकको एकैसाथ ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं- एनआईसी एशिया बैंकले एकैपटक तीन वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले सञ्चालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गरे । उक्त शाखारहित बैंकिश्र सेवाका प्रतिनिधिको रूपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ । यसैगरी मोग्लाह शाखारहित बैंकिङ सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ ।

अमरदह शाखारहित बैंकिङ सेवाको उद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटीएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको करीब १६ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्