रत्नगनर, १३ चैत– पूर्वी चितवनको रत्ननगरमा आज (आइतबार) बिहान ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नम्बरको ट्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्र्षीय कोसिस चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक चौधरी ट्याक्टरका मजदुर हुन् । ट्याक्टरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।