
तनहुँ – बन्दिपुर गाउँपालिका–४ स्थित सिद्धगुफा जाने मार्गमा आइतवार एक स्पेनी मृतावस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा स्पेनका लुइज कार्लोस रहेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।
मृतक कार्लोसका साथबाट परिचयपत्र भेटिएको उनले बताए । एसियाकै ठूलो गुफा दाबी गरिएको सिद्धगुफा गएर बन्दिपुर बजार उक्लिने क्रममा अचानक ढलेका कार्लोसको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइलाई उदृत गर्दै पाण्डेले जानकारी दिए ।
शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । घटनाको स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।