काठमडौं, १५ चैत– एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्ध जारी खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ ।
खेल सुरु भएको १२ मिनेटमै १० खेलाडीमा सीमित भएको नेपालले पहिलो हाफमै ३ गोल खाइसकेको छ ।
खेलको १२औं मिनेटमा फिलिपिनो खेलाडीको हेडर प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेका थिए । रेफ्रीले उनलाई रेड कार्ड देखाए भने फिलिपिन्सलाई पेनाल्टीको अवसर दिए ।
फिलिपिन्सका कप्तान फिल योङहस्वेण्ड प्रहार गरेको पेनाल्टी नेपाली गोलरक्षक किरण चेम्जोङले रोके पनि पुनः २१ मिनेटमा पेनाल्टीको अवसर पायो र त्यसलाई गोलमा परिणत गरेर १–० को अग्रता लिायो ।
त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले फिल योङहस्वेण्डले अर्को गोल गरे । पुनः २८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।