१४ असार २०८३, आइतबार

वाइन बनाउने अचम्मको तरिका, सुन्दा पनि घिन लाग्न सक्छ !

कात्तिक २०, २०७४
वाइन बनाउने अचम्मको तरिका, सुन्दा पनि घिन लाग्न सक्छ !

क्युबा को एक वाइनरी (वाइन बनाउने ठाउँ)मा वाइन उत्पादनका लागि एक अलग्गै तथा रोचक तरिका प्रयोग गरिन्छ । फलफूलहरुमा खमीर उठाउन अंगुर, अदुवा, अम्बालगायतका फूल भरेर हरेक जर्किनको माथि एउटा कण्डम लगाइन्छ ।

रमको लागि दुनियाभरमा प्रसिद्ध क्युबाको ‘इएल क्यानल’ वाइनहाउसमा वाइन बनाउनको लागि यस्तो प्रकारको विशेष तरिका अपनाइने गरिन्छ ।

इएल क्यानलको सुरुवाती धेरै कमजोर थियो । तर, अहिले यहाँ धेरै ठूलो कारोबार हुन्छ । यहाँ १ वर्षमा हजारौं जर्किन वाइन उत्पादन हुन्छ । अम्बा, जलकुम्भी, चुकन्दरको स्वादमा पाइने वाइन यहाँको मूख्य उत्पादन हो । जो वाइन धेरैजनाको रोजाइमा पनि पर्छ ।

यो वाइनहाउस चलाउने ६५ वर्षीय ओरिस्तिस एह्तेविस पछिल्ला कयौं दशकदेखि यस्तो वाइन बनाइरहेका छन् । पहिले उनी सेनामा कार्यरत थिए । त्यसपछि उनी सुरक्षा एजेन्सीहरुसँग पनि जोडिए । जागिर छाडेपछि एह्तेविसले वाइन बनाउने काम सुरु गरे ।

सन् २००० मा उनले एक सानो वाइनरी खोलेका थिए । त्यतिबेला वामपन्थी विचारधाराको बर्चश्व रहेको क्युबामा निजी कारोबार सुरु गर्न पनि कानूनी अनुमति दिन सुरु हुँदै थियो ।

आजकल एह्तेविस अफ्नी श्रीमती, छोरा र एक सहयोगीसँग मिलेर वाइन उत्पादन गर्ने गर्छन् । उनका यहाँ उष्कटिबन्धीय इलाकामा उब्जाउ हुने कई फल तथा सागपातको फ्लेवरमा वाइन तयार हुन्छ ।

यसरी कण्डमको मद्दतबाट बन्छ वाइन



एह्तेविसले उत्पादन गर्ने वाइनमा प्रयोग सबैभन्दा मूख्य सामग्री अंगुर हो । आसपासको इलाकामा इएल क्यानलबाट उत्पादन हुने वाइनप्रति खास आकर्षण पनि छ । यहाँका मानिसहरु एह्तेविसले बनाउने वाइन धेरै मन पराउँछन् ।

खासमा यो वाइनरीको मूख्य आकर्षण भनेको कण्डम प्रयोग गरिएका जर्किन (जार) हुन् । सयौं जारमाथि विर्को (ढक्कन)को सट्टा कण्डम लगाइएको हुन्छ । जारमा भरिएका फल तथा सागपातको रस केही दिनमै खमीरीकरण (कुहाउने पद्धती)का कारण ग्यास छाड्ने गर्छ र जारको मुखमा लगाइएको कण्ड विस्तार फुल्दै जान्छ ।

ग्यास भरिएपछि पिनको मद्दतले कण्डमा साना साना प्वाल पारिन्छ, ताकि हावा बाहिर निस्कने ठाउँ मिलोस् । जब फल तथा सागपातलाई कुहाउने प्रक्रिया पूरा हुन्छ, जारको भित्र ग्यास बाँकी रहँदैन । र, त्यसबेला जारको विर्कोमा लगाइएको कण्डम पनि आफैं खुल्ने गर्छ ।

जारको मुखमा लगाइएको कण्डम आफैं खुल्नुको अर्थ वाइन तयार भइसकेको संकेत पनि हो । यो खास प्रक्रियाको बारेमा जानकारी दिँदै एह्तेविस भन्छन्, ‘बोतल या जारको मुखमा कण्डम लगाउन त्यस्तै काम हो, जस्तो मानिसहरुको मामलामा पनि हुनछ । जबसम्म यो माथी उठिरहन्छ, तबसम्म वाइन तयार हुन्छ । जब तल झर्न थाल्छ त यसको मतलव हो, काम पूरा भइसक्यो ।’ एक जार वाइन तयार गर्नका लागि ३० देखि ४५ दिनसम्मको समय लाग्ने गर्छ । एह्तेविस एक दिनमा औसत ५० बोतल वाइन बिक्री गर्ने गर्छन् ।

अमेरिकाले लगाएको नाकाबन्दीका कारण क्युबामा धेरै प्रकारका उपभोग्य वस्तुको अभाव छ । उक्त अवस्थासँग जुध्नका लागि पनि यहाँका मानिसहरु आफूसँग भएका वस्तुहरुमा अनेक तरिकाको प्रयोग गरेर विभिन्न प्रकारका उपभोग्य वस्तुहरुको उत्पादन गर्दै आएका छन् ।

कण्डम पनि यस्तै वस्तुमध्येको एक हो, जसलाई यहाँका मानिसहरुले अनेक कामका लागि प्रयोग गर्ने गर्छन् । धेरैजसो माझी (माछा मार्ने मानिस)हरुले पनि कण्डमको प्रयोग गर्ने गर्छन् । कण्डमका प्रयोगले माछा समात्स सजिलो हुने बताइन्छ ।


salt training

कमेन्ट गर्नुहोस्