
काठमाडौं – बेलायतका सर्वाधिक बिक्री हुने दैनिक पत्रिका द डेली मेलमा नेपालसम्बन्धी फोटो फीचर छापिएको छ ।
फोटोहरू बेल्जियमका फोटोग्राफर गीएल स्वीर्टभाएगरले खिचेका हुन् । उनी केही दिनअघि दुई हप्ताका लागि साथीले आयोजना गरेको भ्रमणका क्रममा नेपाल आएका थिए ।
नेपालको भूभाग संसारकै आश्चर्यलाग्दो मध्ये एक भएको डेली मेलमा लेखिएको छ । यी तस्वीरहरूले नेपालको दैनन्दिन जीवनको चित्र प्रस्तुत गर्ने लेखिएको छ ।




















