२६ जेठ २०८३, मंगलबार

फोन चार्जमा राखेर फूटबल हेर्ने व्यक्तिको करेन्ट लागेर मृत्यु

कात्तिक २८, २०७६
फोन चार्जमा राखेर फूटबल हेर्ने व्यक्तिको करेन्ट लागेर मृत्यु

थाइल्यान्डमा राति अबेरसम्म फोनमा फूटबल हेर्ने गरेका एक व्यक्तिलाई ह्यान्डसेटबाट करेन्ट लागेपछि मृत्यु भएको बताइएको छ । 

सोमचाइ सिंगखोर्न नामक ती ४० वर्षीय व्यक्तिले मंगलवार ओछ्यानमा एक क्यान बीयर राखेर अनि फोनमा हेडफोन राखेर फूटबल हेरेका थिए । 

सोमचाइ रेस्टुराँमा कूकका रूपमा काम गर्छन् । उनी कोठामा भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेका थिए । तारले छोएको ठाउँमा उनको हात र घाँटीमा डढेको चिह्न देखिएको छ । 

फोनको तार सकेटमा जोडिएको थियो र ईयरफोन चाहिँ सोमचाइको पाखुरा, अनुहार र घाँटीमा बेरिएको थियो । 

उनीसँगै कोठामा बस्ने साएङले सोमचाए सुत्नुअघि संगीत सुन्न र फूटबल हेर्न मन पराउने गरेको जानकारी दिए ।

लाओसका ती साथीले बिहान उनलाई उठाउन खोज्दा उनले हलचल गरेनन् । 

त्यसपछि उनले हाकिम विरोज पूलसावातमोङकोललाई फोन गरेर घटनाको जानकारी दिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्