०१ असार २०८३, सोमबार

एसएमएल इसुजु ग्लोबल सिरिजका ट्रक तथा टिपरहरू सार्वजनिक

एसएमएल इसुजु ग्लोबल सिरिजका ट्रक तथा टिपरहरू सार्वजनिक

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छतमुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ ।

लक्ष्मी कमरसियल भेहिकल प्रा.लि. लक्ष्मी ग्रुपको सहायक कम्पनी हो र अब नेपालको लागि SML ISUZU सवारी साधनहरूको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरूलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले GFI Services को नाममा आज नैकाप गुर्जुधारा काठमाडौंस्थित SML ISUZU Flagship 3S Service Center सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा बाँधिएको छ ।

उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरू समावेश गरिएको छ । यस 3S Center मा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरू पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरूको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरूको सेवा प्रदान गर्दछ ।

आज उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । नयाँ शुरूवात ISUZU डिजाइनको Philosophy मा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ ।

नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । ISUZU को ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरूको चाहना र आवश्यकता अनुरूप अपनाइएको छ ।

सबै नयाँ सर्वश्रेष्ठ श्रृंखला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो Drivility उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि . ले विभिन्न प्रकारको स्कुल बसहरू, व्यापारिक/निजी बसहरू, ट्रक र टिप्परहरू नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरू नेपाली बजारमा भित्राइसकेको छ  । यसमा S7 series Buses, Standard Buses, Executive LX Coaches, Eco Max-Buses, Samrat & Super series Truck & Tippers and Sartaj 4WD गाडीहरू समावेश छ ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरू समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभिजन शुरू गर्‍यो । 

SML ISUZU Ps Japanese Multi-National Sumitomo Corporation / ISUZU Motors बीचको संयुक्त लगानीयुक्त कम्पनी हो ।

यसले ग्राहकहरूको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिक/निजी सवारीसाधनहरू उत्पादन वा उत्पादन प्रविधीमा मात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कुती र मूल्य प्रणालीको निर्माण गर्दै आएको छ, जसको कारण कम्पनीलाई विश्वासका साथसाथै अघि बढ्न पनि मद्दत पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्