×

NMB BANK
NIC ASIA

मुक्तकमैयालाई सन्त्रास : भोट माग्न हारगुहार गरेका वडाध्यक्षले डोजर ल्याएर गराए उठिबास !

मंसिर १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको धनगढी उपमहानगरपालिकाले बस्तीमै डोजर चलाएर नगर स्वास्थ्य भवन बनाउन थालेपछि मुक्तकमैया बस्तीमा उठिबासको सन्त्रास छाएको छ ।

Muktinath Bank

धनगढी उपमहानगरपालिका–८ स्थित राधाकृष्ण मुक्तकमैया बस्तीमा डोजर चलाएर नगर स्वास्थ्य भवन निर्माण गर्न थालेपछि सन्त्रास उत्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विना विकल्प मुक्तकमैयाको घर टहरासहित भोगचलन गर्दै आएको जग्गा बलपूर्वक खाली गराएपछि कमैया बस्तीमा तनाव सिर्जना भएको छ ।


Advertisment
Nabil box
Kumari

बस्तीकी मुक्तकमैया सुल्फीदेवी चौधरी, अनिता चौधरी र दुखनी चौधरीले लामो समयदेखि भागचलन गर्दै आएको जग्गा खाली गराएको हो । नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष नारायणप्रसाद बरालले जबरजस्ती जग्गा खाली गराएको मुक्तकमैयाको दुःखेसो छ ।

Vianet communication
Laxmi Bank

मुक्तकमैया सुल्फी चौधरीले १ दशक पहिले खाली रहेको भनिएको जग्गामा बसोबास गर्दै आएको बताउँदै हाल मन्दिरको जग्गा भन्दै वडाध्यक्ष बरालले आफ्नो मनोमानो ढंगले जग्गा कब्जा गरेको दुःखेसो सुनाइन् । ‘म एकल महिला पनि हो । धेरै बोल्न पनि सक्दिनँ । वडाध्यक्ष ज्यूले अन्तै ठाउँमा व्यवस्था गरी दिन्छु भन्दै जबरजस्ती मैले भोगचलन गर्दै आएको जग्गामा डोजर चलाए,’ मुक्तकमैया सुल्फीले गहभरि आँसु पार्दै दुःखेसो सुनाइन्, ‘एक त राज्यले हामीलाई अझैसम्म पुनस्र्थापना गरेको छैन । हाल आएर विभिन्न नाममा हामीलाई उठिबास गराएरै छोड्ने चलखेल शुरू भएको छ । हामी यहाँबाट कहाँ जाने ?’

बस्तीमा उनीसहित १२ घरधुरी मुक्तकमैया परिवार २०६१ सालदेखि भोगचलन गर्दै बसाबास गर्दै आएको छ । बसेको बस्ती नजिकै धनगढी सिटी हल निर्माण हुँदैछ । एकातिर नगर स्वास्थ्य भवनको लागि खाली गरिँदै गएको र अर्कोतिर सिटी हल जाने सडक १२ मिटर चौडा गर्ने नगरपालिकाको योजनाले मुक्तकमैया परिवार उठिबास हुने चिन्तामा परेका छन् ।

मुक्त घोषणापछि कैलालीका विभिन्न स्थानमा मुक्तकमैयाले बसोबास गर्दै आएका छन् । सरकारले पुनःस्थापनामा गरेको ढिलाइले बस्तीका मुक्तकमैया परिवारले न त अझै परिचयपत्र पाउन सकेका छन्, न त उचित स्थानमा पुनःस्थापना नै । बस्तीका २ घर परिवारबाहेक बाँकी छूट मुक्तकमैया परिवार बस्दै आएका हुन् ।

भवन निर्माण थालेको जग्गाको केही भागमा मुक्तकमैया अनिता चौधरीको टहरा थियो तर उनको टहरामै निर्माण कम्पनीले डोजर चलाएर जग्गा खाली गराएको दुःखेसो सुनाइन् । उनले भनिन्, ‘ओत लाग्ने सानो टहरा थियो । डोजर लगाएर भत्काइदिए । पुस्तौंसम्म दास भएर जमिनदारको घरमा कमैया बस्यौं । राज्यले मुुक्त त गर्‍यो तर हालसम्म पुनःस्थापना नगर्दा दुःख पाउँदै छौं । हुँदाहुँदै स्थानीय सरकारले घरमा डोजर चलायो । अब कहाँ जाने ? कहाँ छ, सरकार ?’

विना विकल्प उठिबास गराउन खोजेको भन्दै मुक्तकमैया परिवारले विरोध जनाएका छन् । मुुक्तकमैया सुल्फीले आफूहरू गरीब निमुखा भएकै कारण हेपिएको र लखेट्दै गएको आक्रोश व्यक्त गरिन् । विना विकल्प भवन निर्माणको कार्य अघि बढ्न नदिने पनि उनले चेतावनी दिइन् ।

टोलकी मुक्तकमैया रामबजारी चौधरीले निर्वाचनको बेला आफूहरूको बस्तीमा हात जोड्दै भोट मागेर मेयर, वडाध्यक्ष बनेका नेताहरू हाल बस्तीमा डोजर चलाउन आएको भन्दै आक्रोश पोखिन् ।

वडाध्यक्ष बरालतर्फ औंला तेर्साउँदै राम बजारी कड्किइन्, ‘निर्वाचनको बेला यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै भोट माग्दै हिँड्ने तपाई होइन ? अहिले आएर बस्तीमा डोजर चलाउने ? विना विकल्प उठिबास गराउने ?’

मुक्तकमैया बस्तीमै पुगेका वडाध्यक्ष बरालले मुक्तकमैया बसोबास रहेको टोल राधाकृष्ण मन्दिरको नाममा रहेको दाबी गरे । मन्दिरसँग जग्गा मागेर नगर स्वास्थ्य केन्द्रको भवन बनाउन थालेको बताउँदै उनले मुक्तकमैयाको लागि अन्यत्र बसोबासको व्यवस्था मिलाउने आश्वासन दिए ।

उठिबास गराउने नियत नरहेको बताउँदै वडाध्यक्ष बरालले भने, ‘यो जग्गा मन्दिरको नाममा छ । मन्दिरले उनीहरूलाई जुनसुकै बेला हटाउन सक्छ । त्योभन्दा पहिला उनीहरूलाई व्यवस्थापन गरौं भन्ने सोचले स्वास्थ्य भवन बनाउन लागेको हो ।’

विना विकल्प मुक्तकमैया बस्ती उठाउन थालेपछि थारु समुदायको अधिकारवादी संस्था थारु कल्याणकारिणी सभा (थाकस) ले कडा आपत्ति जनाएको छ । थाकस कैलाली सभापति लाहुराम चौधरीले मन्दिरको जग्गामा नगर स्वास्थ्य केन्द्र बनाउन मिल्ने तर निमुखा जनता बस्न नपाउने भन्दै प्रश्न गरे । विना विकल्प उठाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न वडामा एकैसाथ ११ वटा नगर स्वास्थ्य केन्द्रको लागि भवन निर्माण गर्न थालेको छ । सोही क्रममा वडा नम्बर ८ मा बन्ने स्वास्थ्य केन्द्रको लागि भवन बनाउन थालेको हो । निर्माणको ठेक्का पाएको एसई कन्ट्रक्सन प्रालिले सो भवन निर्माण थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x