०७ असार २०८३, आइतबार

बलात्कार आरोपमा सिद्धबाबा थप ७ दिन प्रहरी हिरासतमा रहने

मंसिर २०, २०७६
बलात्कार आरोपमा सिद्धबाबा थप ७ दिन प्रहरी हिरासतमा रहने

जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

पहिलो पटक थप गरेको म्यादभित्र अनुसन्धान पूरा नभएपछि दोस्रो पटक १० दिनको म्याद प्रहरीले माग गरेकोमा जिल्ला अदालत सुनसरीले सात दिनको लागि मात्र म्याद दिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो ।

पहिलो पटक चार दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गत कात्तिक ४ गते गिरीविरुद्ध बलात्कारको आरोपसहित उनकै अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । 

कमेन्ट गर्नुहोस्