![जब पेट्रोल पम्पअगाडि ३ चक्के मोटरसाइकलमा आगो लाग्यो ... [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/fire_4jD7dSUeqb.jpg)
चीनको जियांग्सु प्रान्तमा पेट्रोल पम्प पुगेको मोटरसाइकलमा आगो लागेपछि चालकले त्यसलाई निभाउन कोशिश गरेको सीसीटीभी फूटेजमा देखिएको छ ।
तीनचक्के मोटरसाइकलबाट धूवाँ निस्केको देखिन्छ ।
रातो टीशर्ट र कालो ट्राउजर लगाएका चालक तत्कालै बाहिर हाम्फाल्छन् र कताबाट धूवाँ आयो भनी हेर्न थाल्छन् ।
उनी आगो निभाउने प्रयास गर्न थाल्छन् । आगो बढेपछि उनी निकै चिन्तित हुन्छन् ।
आफूले निभाउन नसकिने बुझेपछि उनी दौडिन्छन् ।
पेट्रोल पम्पकी महिला कर्मचारी फायर एक्सटिन्ग्विशर लिएर बाहिर आउँछिन् र निभाउँछिन् ।
पेट्रोल पम्पले तत्कालै बिजुली काटेको र अन्य ग्राहक तथा गाडीलाई हटाएको बताइएको छ ।
एजेन्सी